Sunday 26 January 2020
Home      All news      Contact us      English
barnanmedia - 2 month ago

प्रकृतिका ती कलिला खुट्टाहरु जाे स्वर्ण पदक दिलाउन सक्थे हाेलान् …

काठमाडौं । सधैँझैं प्रकृतिका बाबु आइतबार विहान छोरीलाई स्कुल पुर्याउन निस्किएका थिए । स्कुटर चलाइरहेका बाबुको पछाडी छोरी बसेकी थिइन् । कोहलपुरको त्रिभुवन माविमा कक्षा सातमा पढ्ने १२ वर्षीय प्रकृति चन्द बुवासँग स्कुटरमा थिइन् । स्कुलनजिक पुगेपछि उनी झरेर स्कुलतर्फ हिडेकीमात्रै के थिइन् उनलाई ट्रकले किच्यो । प्रकृतिका कलिला दुइटै खुट्टा किचिए । उनी सामान्य रुपमा हिड्नै नसक्ने भइन् । घाइते भएपछि लगत्तै नेपाली सेनाको हेलिकप्टरमार्फत प्रकृतिलाई ललितपूरस्थित बिएण्ड बि अस्पतालमा ल्याइयो । बिएण्डबि अस्पतालमा उनका दइटै खुट्टाको अप्रेसन भएको छ । उनका दुुईटै खुट्टाको अप्रेसन भएपनि अब उनी अरु दिनजस्तै स्वतन्त्ररुपमा साथीहरुसंग हिँड्न डुल्न र खेल्न असमर्थ हुनेछिन् । उनका कैयौं सपनाहरु हुँदा हुन अब ती कति सपनाहरु अधुँरा भए । पढिलेखी ठूलो बन्ने केही उनका सपनामा बादल लाग्यो । बादललाई छेकेर उकाली चढ्दै सफलताको सगरमाथा चढने भविष्यको सपना उनको अँधुरै रहन्छ की भन्ने पिरलो छ उनका आमाबुवालाई । यो त्यही दिन थियो नेपाली चेली १७ वर्षीय गौरिका सिंहले नेपाललाई एकातिर स्वर्ण दिलाएकी थिइन् र यो त्यही दिन थियो अर्कोतिर १२ वर्षीय प्रकृति चन्दले आफ्ना स्वर्ण पदक दिलाउन सक्ने खुट्टाहरु गुमाएकी थिइन् । घटना भएलगत्तै बाँकेको कोहलपुर आइतबार विहान रणभूमिजस्तै बन्यो । ना.२ ख ९४५९ नम्बरको ट्रकले स्कुले विद्यार्थीलाई किचेर घाइते बनाएपछि नजिकै रहेका विद्यार्थी र स्थानीय आको्रशित भएर ट्रकमा आगजनी गरिदिए । ट्रकमा आगजनी गरेपछि त्यहाँ रहेका प्रहरीले केही विद्यार्थीहरुलाई पनि पक्रेर लग्यो, प्रहरीले विद्यार्थी पक्रेको देखेपछि त्यहाँस्थित अन्य विद्यार्थी र स्थानीय झनै आक्रोशित भए । विद्यार्थी र स्थानीयले प्रहरीले दमन गर्यो भन्दै नाराबाजी गरेपछि भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गर्यो । स्थिति सामान्य नबनेपछि प्रहरीले रबरका गोली विद्यार्थीमाथि बर्सायो । विद्यार्थी र स्थानीय गरी १८ जना घाइते भए । अन्य घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्रिभुवन माविका विद्यालय व्यवस्थापन अध्यक्ष लाल बहादुर रानाका अनुसार आज सर्बपक्षीय बैठक बस्दैछ । घाइतेहरुको उपचारको व्यवस्था गर्ने, स्थानीय गाडीहरुमा भएको क्षतिपूर्तिको विवरण लिई सरकारले क्षतीपूर्ति व्यहोर्ने , प्रकृतिको सम्पूर्ण शिक्षादिक्षा सरकारले व्यवस्था गर्ने सहमति भएपछि भोलीदेखी विद्यालयमा पठनपाठन सुचारु गर्ने बताइएको छ । जिल्लाभरिमै नमुना त्रिभुवन मावि बाँकेको कोहलपुर नगरापालिकास्थित त्रिभुवन माविमा विद्यार्थीहरुको आकर्षण हिजोआज निकै बढेको छ। यो एउटा सरकारी विद्यालय हो, जहाँ बाँके जिल्लाभरिकै सबैभन्दा बढि विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयमा पछ्रिल्लो समयमा विद्यार्थीका अभिभावकहरुले अन्य नीजि विद्यालयबाट छुटाएर पनि आफ्ना नानीबाबुहरुलाई यस विद्यालयमा भर्ना गर्ने गरेका छन् । अंग्रेजी र नेपाली दुइटै माध्यमबाट पढाई हुनु पनि यस विद्यालयको आकर्षण बढ्नुको एक कारण हो । महंगो फिस तिर्न नसक्ने विद्यार्थीहरुका लागि यो विद्यालयले खर्च धान्न सकिने मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ यो आकर्षणको अर्को कारण हो । हाल यस विद्यालयमा २ हजार २ सय ९२ जना विद्यार्थीहरु अध्ययनरत छन् जो जिल्लाभरिकै विद्यालयहरुमध्येकै सबैभन्दा बढी विद्यार्थी संख्या हो । यस विद्यालयमा नयाँ नयाँ विषयको पठनपाठन हुनु पनि एक अर्कोे कारण हो यस विद्यालयमा आइटी, कमर्स, साइन्स लगायतका विभिन्न नयाँ नयाँ विषयमा अध्यापन हुँदै आएको छ । The post प्रकृतिका ती कलिला खुट्टाहरु जाे स्वर्ण पदक दिलाउन सक्थे हाेलान् appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

प्रकृतिका

 | 

कलिला

 | 

खुट्टाहरु

 | 

स्वर्ण

 | 

दिलाउन

 | 

सक्थे

 | 

हाेलान्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources