Sunday 26 January 2020
Home      All news      Contact us      English
barnanmedia - 2 month ago

कम उमेरका प्रधानमन्त्री बढी लोकप्रिय हुन्छन् किनकी उनीहरुको गुट हुँदैन

विश्वको उदाहरण हेर्ने हो भने युवा राजनीतिज्ञहरु बढी लोकप्रिय हुन्छन् किनकी उनीहरुको गुट हुँदैन, कसैप्रति रिस इवी हुँदैन सक्दो प्रयास गर्दछन् । जबसम्म उमेर खाएका र सल्लाहाकार हरुले घुमाउन थाल्दैनन् । उनीहरुलाई शत्तामा कफनपुर्व रहनु पर्छ भन्ने थोत्रो भाव हुँदैन त्यसैले अहिलेसम्म कम उमेरका युवा प्रधानमन्त्री बढी लोकप्रिय भएको उदहरण छ । जस्तै पाकिस्तानकी बेनजीभुट्टो , न्यूजीलेण्डकी प्रम जसिन्डा आर्डन आदी । फिनल्यान्डकी ३४ वर्षीया यातायात मन्त्री सान्ना मरिन प्रधानमन्त्री हुने भएकी छन्। सामाजिक लोकतान्त्रिक पार्टीबाट चुनिएकी मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न लागेकी हुन्। प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएसँगै मरिनले यही साता सपथ ग्रहण गर्नेछन्। फिनल्याण्डमा पाँच दलको गठबन्धनमा सरकार गठन हुन लागेको हो। मरिनको नेतृत्वमा बन्ने गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि हुनेछन्। हुलाक सेवाको आन्दोलनलाई राम्ररी नसम्हालेपछि रिन्नेमाथि अविश्वासको मत पारित भएको थियो। पत्रकारसँग बोल्दै भने,‘विश्वास जित्न हामीले धेरै काम गर्न पर्नेछ।’ युक्रेनमा अहिले ३५ वर्षका ओलेक्सी होन्चरुक प्रधानमन्त्री छन् भने न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ३९ वर्षकी हुन्। The post कम उमेरका प्रधानमन्त्री बढी लोकप्रिय हुन्छन् किनकी उनीहरुको गुट हुँदैन appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

उमेरका

 | 

प्रधानमन्त्री

 | 

लोकप्रिय

 | 

हुन्छन्

 | 

किनकी

 | 

उनीहरुको

 | 

हुँदैन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources