Sunday 26 January 2020
Home      All news      Contact us      English
barnanmedia - 2 month ago

हजारौं विद्यार्थीले सार्वजनिक गरे वास्तविक नक्सा

काठमाडौं । भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगका बीच राजधानी काठमाडौंमा हजारौं विद्यार्थीहरुले अतिक्रमित नेपाली भूमिसहितको नक्सा सार्वजनिक गरेका छन् । नेपाल विद्यार्थी संघका नेता एवं ‘चिनौ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाईमा काठमाडौंको बसन्तपुरमा हजारौं विद्यार्थीहरुले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले बसन्तपुरमै नेपालको नक्सा कोरेर सार्वजनिक गरेका हुन् । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लागिरहेका बेला नेविसंघले बृहद प्रदर्शन सहित नक्सा सार्वजनिक गरेको हो । अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौंका विभिन्न विद्यालयहरुमा पुगेर नेपालको वास्तविक नक्सा बनाउन सिकाइएको बताए । ‘पहिलो चरणमा विद्यार्थीलाई नेपालको वास्तविक नक्सा चिनायौं । नक्सा बनाउन सिकायौं र बसन्तपुरबाट प्रदर्शन गर्यौं ।’, त्रिपाठीले भने । नेपालको भूमि मिचिदा समेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्साबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको बताए । सरकारले अतिक्रमित भूमिसहितको नक्सा सार्वजनिक गर्न ढिलाई गर्न नहुने भन्दै उनले नयाँ वास्तविक नक्सालाई पाठ्यक्रममा पनि समेटनुपर्ने बताए । कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो स्वास्थ्यसंगै देशको स्वास्थ्यको पनि ख्याल गर्न आग्रह गरे । गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी संघ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै नेता काफ्लेले सीमा मिचिदा सरकार निरीह बनेको आरोप लगाए । ‘भारतसंग गर्नुपर्ने हो कि चीनसंग या संयुक्त राष्ट्रसंघसंग हो, तत्काल वार्ता गरेर नेपाली भूमि फिर्ता ल्याउन सक्नुपर्छ । यत्ति काम गर्न नसक्ने कम्युनिष्ट सरकारको औचित्य छैन ।’, काफ्लेले भने । कार्यक्रममा उपत्यकाका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु कालापानी हाम्रै हो, नेपाली भूमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर सहभागि भएका थिए । The post हजारौं विद्यार्थीले सार्वजनिक गरे वास्तविक नक्सा appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

हजारौं

 | 

विद्यार्थीले

 | 

सार्वजनिक

 | 

वास्तविक

 | 

नक्सा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources