Friday 28 February 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

सभामुख निर्वाचन आज , सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा हुने

काठमाडौँ, माघ १२ गते । व्यवस्थापिका संसदको तल्लो सदन प्रतिनिधि सभाको रिक्त सभामुखको चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको औपचारिक प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा आइतवार अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र एकल मनोनयन परेको छ । सभामुख पदका लागि एकमात्र मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ। बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नुहुनेछ । मन्तव्य सहित पेस हुने प्रस्तावमा सापकोटाका समर्थकले धारणा राख्नेछन्। सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ रहेका छन् । यस्तै राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नेछन्। प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि बैठकका सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ । नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन सकेनन् । The post सभामुख निर्वाचन आज , सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा हुने appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

सभामुख

 | 

निर्वाचन

 | 

सापकोटा

 | 

निर्विरोध

 | 

निर्वाचित

 | 

घोषणा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources