Friday 28 February 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

यस्तो छ, सिआइबीले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको नामावली

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा संलग्नलाई अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको छ । सिआइबीले सिफारिस गरेको नामावलीको लिस्टमा पूर्वमुख्य सचिव, पूर्वसचिव, पूर्वसहसचिव, मालपोतका तत्कालीन अधिकृत, नासु र खरिदारको नामावली छ । त्यसै गरी सिआइबीले अनुसन्धान गरी कारबाहीका लागि तत्कालीन भोगाधिकारी परिवार, भाटभटेनी सञ्चालक, नक्कली मोही र अन्यलाई अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाएको छ । यसरी अनुसन्धान गरी कारबाहीका लागि सिफारिस भएकाहरुमा अख्तिायरका पूर्वआयुक्त दीपबहादुर बस्न्यात, पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरी अधिकारी छन् । त्यस्तै, तत्कालीन मुख्यसचिव लीलामणि पौडेल ९हाल चीनका राजदूत छन् । त्यसैगरी, पूर्वसहसचिवहरू सुधीरकुमार शाह, गेहनाथ भण्डारी, कलाधर देउजा छन् भने टीकाराम घिमिरे, हरिकृष्ण तिमल्सिना, हुपेन्द्रमणि केसी तत्कालीन मालपोत र साविर हुसेन ९तत्कालीन नापी विभाग०का अधिकृतस्तरका कर्मचारी हुन् । सिआइबीले कारबाहीका लागि सिफारिस गरेका अर्जुनप्रसाद भण्डारी, चिरञ्जीवी अधिकारी, लोकहरी घिमिरे, रमेशकुमार पोखरेल तत्कालीन समरजंग कम्पनीका तत्कालीन प्रमुख हुन् । त्यसैगरी श्रीहरि पुडासैनी ९नासु० ,श्यामकुमार खत्री खरिदार छन् । ललिता निवासका तत्कालीन भोगाधिकारका रुपमा रुकमणि राणा, हाटक शमशेर राणा, होमाद्री समशेर राणा छन् । त्यस्तै, सरकारी जग्गा हडप्ने भूमाफियाको रुपमा शोभाकान्त ढकाल परिवार, रामकुमार सुवेदी परिवार छन् भने यो काण्डमा मीनबहादुर गुरुङलाई पनि सिआइबीले संलग्न गराएको छ । यिनी व्यापारी हुन् । The post यस्तो छ, सिआइबीले अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गरेको नामावली appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

यस्तो

 | 

सिआइबीले

 | 

अनुसन्धान

 | 

कारबाहीका

 | 

सिफारिस

 | 

गरेको

 | 

नामावली

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources