Friday 28 February 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

नेपालले एमसिसी संसद्बाट अनुमाेदन गर्नुपर्छ : मिश्र

एमसिसी स्वीकार्ने कि नस्वीकार्ने भन्नेबारे सत्तारुढ दलभित्र गहन बहस भइरहँदा साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेसन परियोजनालाई स्वीकार्नुपर्ने बताएका छन् । झापाको धुलाबारीमा शनिबार पत्रकार भेटघाट कार्यक्रममा उनले एमसिसी परियोजना मुलुकको हितमा भएकाले गुमाउन नहुने बताए। परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमतिमार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरे। एमसिसीबारे प्रतिपक्षी कांग्रेसले पनि स्वीकार्नुपर्ने धारणा राखिसकेको छ । यदपि सत्तारुढ दलभित्रै यो विषय निकै पेचिलो बन्दै गइरहेको छ । यस विषयमा केही दिनपहिले पूर्वमाओवादी र पूर्वएमालेका केही नेता विपक्षमा रहे पनि सभामुख चयनको प्रक्रिया अघि बढेसँगै नेकपाका अध्यक्ष दाहालले यसलाई संसद्बाट पास गर्ने बताउँदै आएका छन् । उद्यपि उनले केही दिनपहिले अध्ययन गरेर मात्र यो विषय स्वीकार्न सकिने वा नसकिने भन्ने विषयको निर्णय लिने बताउँदै आएका थिए । The post नेपालले एमसिसी संसद्बाट अनुमाेदन गर्नुपर्छ : मिश्र appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

नेपालले

 | 

एमसिसी

 | 

संसद्बाट

 | 

अनुमाेदन

 | 

गर्नुपर्छ

 | 

मिश्र

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources