Saturday 22 February 2020
Home      All news      Contact us      English
barnanmedia - 27 days ago

कोरोना भाइरसका कारण चिनियाँ राष्ट्रपति चिन्तित, ६ दिनभित्र छुट्टै अस्पताल निर्माण गरिँदै

काठमाडौं । देशमा कोरोना भाइरस फैलिने क्रम तीव्र भइरहेका बेला गम्भीर अवस्था निम्तिएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले गम्भीर अवस्था’ निम्तिएको यस्तो बताएका हुन् । कोरोना भाईरस तीव्र गतीमा फैलन थालेपछि राष्ट्रपति सी ले चिनियाँ उच्च अधिकारीहरुको विशेष बैठक डाकेर गम्भीर समस्यामा रहेको देशको अहिलेको खतरापूर्ण अवस्थालाई सहजतातर्फ लैजान निर्देशन दिएका छन् । चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा सार्वजनिक बिदाकै दिन डाकिएको बैठकमा राष्ट्रपति सी ले सचेत रहन नागरिकलाई पनि आग्रह गरेका हुन् । चिनियाँ शहर वुहानमा पहिलो पटक सङ्क्रमण देखिएपछि अहिलेसम्म कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ भने एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् । वैज्ञानिकहरुले चेतावनी दिँदै चीनमा फैलिइरहेको घातक कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न असम्भव हुन सक्ने बताएका छन् । विश्वको सङ्क्रमित रोगका बारेमा अध्ययन गर्ने लण्डनको एमआरसी सेन्टरले भनेको छ, ‘यो भाइरस मानिसबाट मानिसमा सङ्क्रमण हुने हुँदा यसको अवस्थाला कस्तो छ भनेर बुझ्न सकिन्छ ।’ सेन्टरका अनुसार एक जनाबाट कम्तीमा अन्य दुई जनामा यसको सङ्क्रमण फैलिइरहेको छ । तर वैज्ञानिकहरुले यो भाइरसबाट बच्नका लागि चीन गरिरहेको प्रयासलाई सहरानीय भनेका छन् । कैयौँ प्रभावित शहरहरुमा यात्रा प्रतिबन्ध लगाइएको छ । आइतबारबाट कोरोना भाइरस फैलिएको वुहान शहरको केन्द्रिय जिल्लाको निजी सवारीसाधनमा पनि प्रतिबन्ध लगाइने भएको छ । यसैबीच चीनले कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम भइरहेको छ । The post कोरोना भाइरसका कारण चिनियाँ राष्ट्रपति चिन्तित, ६ दिनभित्र छुट्टै अस्पताल निर्माण गरिँदै appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

कोरोना

 | 

भाइरसका

 | 

चिनियाँ

 | 

राष्ट्रपति

 | 

चिन्तित

 | 

दिनभित्र

 | 

छुट्टै

 | 

अस्पताल

 | 

निर्माण

 | 

गरिँदै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources