Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

पूर्वसांसद कार्कीको निधन

नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए। उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो। पाल्पाको रम्भा गाउँपालिका ५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए।


Latest News
Hashtags:   

पूर्वसांसद

 | 

कार्कीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources