Saturday 22 February 2020
Home      All news      Contact us      English
barnanmedia - 27 days ago

किन पूर्वराजा ज्ञानेन्द्र जाँदैछन् झापा हुदै पश्चिम बंगाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गत डेढ महिनादेखि नेपालको पूर्र्वी इलाका तिर रहदै आएका छन् । विशेष गरी अहिलेको जाडो छल्न भनी आफनी पत्नी कोमलसहित गत मंसिर २७ गते पूर्वराजा झापाको काँकडभिट्टा पुगेका थिए । कहिले झापा, कहिले इलामतिर बस्दै आए उनी बेलामौकामा राजधानी काठमाडौं पनि आउजाउ भने गरिरहन्थे । यसैक्रममा पूर्वराजा शाह परिवारसहित आइतबार भारतको पश्चिम बंगाल जाने भएका छन् । उनी पत्नी कोमल र निजी सहयोगी कर्मचारीसहित पश्चिम बंगाल जान लागेका हुन् । शाहले त्यहाँका धार्मिकस्थलको दर्शन गर्नुका साथै नेपाली भाषी र पश्चिम बंगालका उच्च तहका नेतालाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । लामो समय सिंगापुर र थाइल्यान्ड बसेर नेपाल फर्केको केही समयपछि नै उनी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्केका थिए । उनी भारतको राजधानी नयाँ दिल्ली जाने कार्यक्रम तय भए पनि अहिलेसम्म रोकिँदै आएको छ । The post किन पूर्वराजा ज्ञानेन्द्र जाँदैछन् झापा हुदै पश्चिम बंगाल appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

पूर्वराजा

 | 

ज्ञानेन्द्र

 | 

जाँदैछन्

 | 

पश्चिम

 | 

बंगाल

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources