Saturday 22 February 2020
Home      All news      Contact us      English
barnanmedia - 27 days ago

अग्नी सापकोटा विरुद्धको ठूलो शंकट टर्यो

आज सर्वोच्चमा अग्नि सापकोटालाई निर्विरोध सभामुख बन्न नदिनका लागि परेको रिट एकल न्यायाधीशको बेञ्च ले हेर्नु पर्ने थियो तर सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् । सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् । फुँयालको इजलासमा आज सुनुवाइ नहुने निश्चित भएको छ । उता, सभामुखमा सापकोटा आजै निर्वाचित हुनेछन् । सर्वोच्च स्रोतका अनुसार, न्यायाधीश हरिकृष्ण कार्की र हरि फुँयाल दुवैले सापकोटाविरुद्धको मुद्दा हेर्न मिल्दैन । दुवै न्यायाधीशले सर्वोच्चमा आउनुअघि सुशील प्याकुरेलले सापकोटाविरुद्ध दायर गरेको मुद्दामा बहस गरेका थिए । यसरी आजको दिनलाई उनी विरुद्धको कानूनी दुर्घटना टरेको छ । The post अग्नी सापकोटा विरुद्धको ठूलो शंकट टर्यो appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

अग्नी

 | 

सापकोटा

 | 

विरुद्धको

 | 

टर्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources