Saturday 22 February 2020
Home      All news      Contact us      English
barnanmedia - 27 days ago

भारतीय टेलिभिजन अभिनेत्री सेजलको रहस्यमय आत्महत्या (भिडियो)

मुम्वई-भारतीय टेलिभिजन च्यानलमा आउने सिरियलका कलाकार अभिनेत्री सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । सेजलको आत्महत्या रहस्यमय बताइएतापनि उनको घरबाट सुसाइड नोट फेला परेको छ । सेजल शर्मा स्टार प्लसको टेलिश्रृंखला ‘दिल तो हैप्पी है जी’मा आफनो अभिनय कला क्षेत्रमा अन्तिम अभिनय गरेकी थिइन् । प्रहरी निरीक्षक सन्दीप कदमका अनुसार सेजल शर्माको घरबाट फेला परेको सुसाइड नोटमा निजी कारणले आत्महत्या गरेको उल्लेख छ । यो घटना शुक्रवार बिहानको हो र सेजल केही समयदेखि मानसिक तनावको कारण डिप्रेशनमा रहेको बताइएको छ। सेजल शर्मा मुम्बइको मीरा रोडको शिवार गार्डन परिसर स्थित रोयल नेस्ट सोसाइटीमा साथीहरुसँग बस्ने गरेकी थिइन् । ‘दिल तो हैप्पी है जी’ सेजल शर्माको पहिलो टेलिश्रृंखला थियो र उनी यसप्रति निकै उत्साहित रहेको उनका सहकर्मीहरुले बताएका छन् । यसभन्दा पहिले सेजल शर्माले विभिन्न ब्राण्डको विज्ञापनमा काम गरेकी थिइन् । उनी आमिर खान तथा रोहित शर्मा र हार्दिक पाण्ड्यासँग पनि विज्ञापनमा साथ देखिएकी छन् । The post भारतीय टेलिभिजन अभिनेत्री सेजलको रहस्यमय आत्महत्या (भिडियो) appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

भारतीय

 | 

टेलिभिजन

 | 

अभिनेत्री

 | 

सेजलको

 | 

रहस्यमय

 | 

आत्महत्या

 | 

भिडियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources