Friday 28 February 2020
Home      All news      Contact us      English
barnanmedia - 14 days ago

६ लाख नगदसहित १६ जुवाडे काठमाडौबाट पक्राउ

काठमाडौं-काठमाडौंको मनमैजुबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई ६ लाख २५ हजार रुपैयाँसहित नेपाल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । काठमाडौ महानगरपालिका वडा नं १६ बालाजु स्थित महानगरीय प्रहरी वृत्तबाट गस्तिका लागि खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बालाजु प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ लाख २५ हजार रुपैयाँसहित १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । तार्केश्वर नगरपालिका–९ मनमैजुको शुभकामना चोकस्थित दिनेश पन्तको कोठामा अवैध जुवा सञ्चालन भइरहेको गोप्य सूचनाको आधारमा कारवाहीको लागि गएको प्रहरी टोलीले १६ जुवाडेलाई शुक्रबार नियन्त्रणमा लिइएको बालाजुका डीएसपी रन्जित सिंह राठौरले बताए । पक्राउ परेका सबैलाई अहिले प्रहरी वृत्त बालाजुको थानामा राखेर आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post ६ लाख नगदसहित १६ जुवाडे काठमाडौबाट पक्राउ appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

नगदसहित

 | 

जुवाडे

 | 

काठमाडौबाट

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources