Friday 28 February 2020
Home      All news      Contact us      English
barnanmedia - 14 days ago

रेशम चौधरीलाई रिहाई गर्नुपर्ने भन्दै कैलालीमा सडक जाम

कैलाली । रेशमलाल चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्न माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले शुक्रबार धनगढीको क्याम्पस रोडमा आधा घण्टा सडक जाम गरेका छन्। मोर्चाका माधव थारुले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताएका छन्। उनले टीकापुर घटनाको झूठा मुद्दा लगाएर आजीवन कैद सजाय सुनाइएका रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई तुरुन्त रिहाइ गर्नु पर्ने बताए । मोर्चाले टीकापुर मुद्दा खारेज गर्नु पर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको छ । उनीहरुले संविधान संशोधन गर्नु पर्ने समेत माग गरेका छन् । संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति मोर्चाको असहमति जनाउँदै आएको छ । वि.सं २०७२ साल भदौ ७ गते टिकापुर घटना भएको थियो । जुन घटनामा एसएसपी लक्षमण न्यौपाने र एक बालकसहित ८ जनाले ज्यान गुमाएका थिए । रेशम चौधरीलाई उक्त घटनाको मूख्य दोषी ठहर्याइएको थियो । The post रेशम चौधरीलाई रिहाई गर्नुपर्ने भन्दै कैलालीमा सडक जाम appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

चौधरीलाई

 | 

रिहाई

 | 

गर्नुपर्ने

 | 

भन्दै

 | 

कैलालीमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources