Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

गोकुल बास्कोटालाई त कसले चिन्छ र प्रधानमन्त्री ज्यू ( क्या हुँआ तेरा वादा वाे कसम वाे इरादा )

यि जिम्मेवार सञ्चार गृहले अनुमानमात्र ठोकेका त होइनन् होला यदि सच्चाई छ भने प्रधानमन्त्री का वादा र वचनहरु झुठा हुनेछन् । मुखमा शुद्धता आउनु र मन शुद्ध हुनु २ अलग कुरा हुन् । आजका सवै अनलाइन र पत्रपत्रिका र लेखहरुमा कमिशन काण्डमा गोकुल बास्कोटालाई भन्दा बढी आलोचना गरेका छन् । यो लेखमा आज प्रधानमन्त्री माथि शंका गरी लेखिएका केही बिषयहरु यस प्रकार छन् । अनलाइनखबरका अनुसार प्रायः मन्त्रीहरुले मन्त्रिपरिषद बैठक बाहेक प्रधानमन्त्रीसँग भेट्न पाउँदैनन् । थममाया थापाले आफ्नो कार्यकालभरि बैठकमा बाहेक प्रधानमन्त्रीसँग भेटेर योजना सुनाउन नपाएको बताएकी थिइन् । तर, गोकुल बास्कोटा मात्रै यस्ता पात्र थिए, जसले जुनसुकै बेला पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्ने हैसियत राखे । उनका सिनियरदेखि समकक्षीसम्मलाई त्यति सहज भएन । हो, गोकुल बास्कोटा केपी ओली सरकारका मुख्य खम्बा थिए । गोकुलको बाध्यकारी बहिर्गमनले प्रधानमन्त्रीलाई अवश्य चोट पुगेको छ । सबै मन्त्री आ।आफ्नै मन्त्रालयमा हराइरहेका बेला ओलीले सरकारको प्रतिरक्षामा बोल्ने एउटा बलियो स्वर गुमाएका छन् । प्रधानमन्त्रीले हालै धुलिखेल पुगेर सरकारका बिरोधीको मुख बन्द गराउन गोकुल तराजुको सिंगो एक भाग भनेका थिए । एक पटक बास्कोटाले प्रधानमन्त्रीकै सामुन्ने प्रचण्डलाई तपाईको आदेश मान्दिनँ भनेर बालुवाटारबाट निस्किएको चर्चा पनि चलेको थियो । यस्तो मानिसलाई काखि च्याप्नु र उसका कमाई पुर्ण काममा आँखा चिम्लिनु प्रमका लागि महंगो पर्न सक्छ । लोकान्तरले लेखे अनुसार हाल मिडियामार्फत सार्वजनिक भएको अडियो करीब २ महिनाअघि नै हात परेपनि प्रधानमन्त्री ओलीले सञ्चारमन्त्रीमाथि तत्काल कारवाहीको प्रक्रिया किन अघि बढाएनन् ? पार्टीको शीर्ष नेतृत्वलाई किन जानकारी गराएनन् रु किन अडियो गुपचुप राखे, जसका कारण नेकपालाई यति ठूलो क्षति पुग्न गयो ? जानकारीमा रहेको अडियो लुकाएर ओलीबाट पार्टीलाई ठूलो र अपूरणीय धोका भएको हो । दोस्रो – यति गम्भीर प्रकृतिको अडियो सुनिसकेपछि पनि प्रधानमन्त्री ओलीले त्यसलाई किन समयमै चतुर्‍याइँपूर्वक व्यवस्थापन गरेनन् वा सकेनन् ? कान्तीपुर ले लेखेको छ । नेकपा अध्यक्ष दाहाल राजीनामा दिन सुझाव दिँदै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गए । अन्ततस् बाँस्कोटाको राजीनामा आयो । तर, पूर्व माओवादी समूहले बाँस्कोटामाथि प्रश्न उठाउन छाडेनन् । बाँस्कोटा प्रकरणमा नेकपाकै माधव नेपाल समूह पनि उत्साही देखियो यसै गरी राम कार्कीले कान्तिपुरमा भनेका छन् । नकारात्मक प्रवृत्तिको घातक हो । जे घटना हो, त्यसलाई त्यही रुपमा बुझ्न पर्छ । दुवै घटना ९महरा र बाँस्कोटा० निजी हुन् । पार्टीसँग सम्बन्धित छैनन् । महराले व्यक्तिगत रुपमा सामना गर्नुभयो, अदालतले फैसला गर्‍यो । यसलाई मान्नु पर्‍यो १ अहिले गोकुल बाँस्कोटा माथि जे आरोप छ, त्यो उहाँले सामना गर्नुपर्छ । पार्टी यसको पक्ष, विपक्षमा हुनु हुँदैन । ठिक भयो गजव भयो भनेर ताली पिटेर पनि केही हुँदैन । नहुनुपर्ने भयो भनेर रोइकराई गरेर पनि हुने केही होइन । यि पार्टीका बहसका विषय होइनन् । तर भइराखेको छ । यो पार्टीका लागि घातक प्रवृत्ति हो । लोकान्तरमा लेखिए अनुसार संविधानविद् तथा कानूनका ज्ञाताहरूले यो प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओलीकै नैतिकतामा प्रश्न उठाएको प्रतिक्रिया दिइरहेका छन् । २ महिनाअघि नै अडियो सामग्री प्रधानमन्त्रीसमक्ष पुगिसकेको भएपनि कारवाहीका लागि कुनै कदम नचाल्नुले अडियो प्रकरणले प्रधानमन्त्रीलाई पनि नैतिकताको कसीमा बाँधेको प्रस्ट हुन्छ । नयाँ पत्रिकाले लेखेको छ । २६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो– ‘सुरक्षण मुद्रणसम्बन्धी कानुनमा सुधार गरी... The post गोकुल बास्कोटालाई त कसले चिन्छ र प्रधानमन्त्री ज्यू ( क्या हुँआ तेरा वादा वाे कसम वाे इरादा ) appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

गोकुल

 | 

बास्कोटालाई

 | 

चिन्छ

 | 

प्रधानमन्त्री

 | 

इरादा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources