Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा उपचारका लागि खटिएका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । पालिकाको ५ नम्बर वडामा रहेको भूमिराज मावि क्वारेन्टाइनमा भारतबाट फर्केका ७ जनालाई राखिएको छ । क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले ड्युटीमा खटिएका करनसिंह धामीमाथि हातपात गरेका हुन्। जागरीले बुधबार राति कोठाभित्र जबरजस्ती प्रवेश गरेर गाली गलौज गरी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब धामीलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायाण पाण्डेयले बताए । स्वास्थ्यकर्मी धामीलाई कुट्ने जागरीलाई प्रहरीले नियन्त्रण लिएको छ । The post क्वारेन्टाइनमा आफन्तलाई किन राखेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

क्वारेन्टाइनमा

 | 

आफन्तलाई

 | 

राखेको

 | 

भन्दै

 | 

स्वास्थ्यकर्मीमाथि

 | 

कुटपिट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources