Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

लकडाउनमा कुनै समस्या परे ११४९, सरकारको नयाँ प्रेस विज्ञप्ति

सरकारले जनतालाई लकडाउनमा सहज होस भनी केही नयाँ निर्णय गरेको छ । आपुर्ति व्यवस्थाको बारेमा सरकारले कुनै पनि हालतमा घर घरमा आवश्यक बस्तु आपुर्ति गर्ने प्रण गरेको छ । प्रेस विज्ञप्ति नेपाल सरकार मन्त्रिपरिषद्‍ को मिति २०७६। १२ । ९ गतेको निर्णय बमोजिम संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार मिति २०७६।१२।११ गते बिहान ६ बजे देखि लागु हुने गरी जारी गरिएको आदेशको बारेमा सबै नागरिहरुलाई अवगत नै छ। उक्त आदेश बमोजिम विश्‍व्यापी रुपमा संक्रमण भइरहेको कोरोना भाइरस कोचिड १९ बाट आफु सुरक्षित हुन र अरुलाई पनि सुरक्षित बनाउन सबै नागरिकहरुले आफ्नो आफ्नो स्थानबाट नागरिक कर्तव्य पूरा गर्नुहुनेछ भन्‍ने कुरामा मन्त्रालयले विश्‍वास लिएको छ । त्यसको लागि सबै नागरिकहरु अत्यावश्यक काम नपरी आफु पनि घरबाट बाहिर निस्कनु हुने छैन र परिवारका सदस्य, साथीभाई, आफन्त, इष्टमित्र, छरछिमेकी लगायत चिनेजानेका सबैलाई घरभित्र नै रहनको लागि उत्प्रेरित गर्नुहुनेछ भन्‍ने अपेक्षा राखिएको छ । यसै सन्दर्भमा नागरिकलाई आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृह सचिव महेश्‍वर न्यौपानेज्यूको अध्यक्षतामा आज बसेको बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ । १ काठमाण्डौं उपत्यका भित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवं विक्रेताहरुले आआफ्ना डेलस्भरी भ्यान मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको व्यवस्था मिलाउने । २. आवश्यक पर्ने डेलीभरी भ्यान हरुलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले मिलाउने। ३. पसलहरु संचालन, माग संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने । ४. माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै स्टोर एवं विक्रेताहरुले आ(आफ्नो टोल फिरी नं वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने । फोन, अनलाइन । अफलाइन मार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरुको कम्बो प्याक समेत विक्रिवितरण गर्ने । ५. दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरुबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाण्डौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिकारनगरपालिकाहरुले मिलाउने । ६. काठमाण्डौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेताहरुले पनि उपरोक्तानुसारको व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले सहयोग गर्ने । यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरु गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोल फिरी नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ । The post लकडाउनमा कुनै समस्या परे ११४९, सरकारको नयाँ प्रेस विज्ञप्ति appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

लकडाउनमा

 | 

समस्या

 | 

सरकारको

 | 

प्रेस

 | 

विज्ञप्ति

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources