Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सांसद गिरीको माग

काठमाडौं । सांसद सरिता गिरीले प्रत्येक प्रदेशमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्न सरकारसँग माग गरेकी छन् । संघीय समाजवादी पार्टीकी प्रतिनिधिसभाकी सांसद गिरीले प्रेस विज्ञप्ति जारी गर्दै सरकारमाथि स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मीलाई उपलब्ध नगराइ भण्डारण गरेर राखेको आरोप पनि लगाएकी छन् । गिरीले प्रत्येक प्रदेशमा कोरोना भाइरस टेस्ट सेन्टर स्थापना गर्नुपर्ने उल्लेख गरेकी छन् । स्वास्थ्यकर्मीका लागि पीपीई लगायतका सामग्री उपलब्ध गराउनुपर्ने भन्दै उनले प्रतिनिधिसभाको बैठक बोलाउन माग गरेकी छन् । प्रतिनिधिसभा बैठक २३ गते आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । गिरीले विश्व स्वास्थ्य संगठन, चीन लगायतका दाताबाट कति रकम र स्वास्थ्य सामाग्री सहयोग आएको हो भन्नेबारे पत्रकार सम्मेलन गरेर गराउन माग गरेकी छन् । प्रदेश २ मा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थाना नगर्ने संघीय सरकारको निर्णय त्रुटिपूर्ण रहेको सांसद गिरीको भनाइ छ । सरकारले कोरोनाको शंका लागेका व्यक्तिलाई आइसोलेसनमा राखेर नियतीको भरमा छोडेको उनको भनाइ छ । सरकारले गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको उनको भनाइ छ । आशंका गरिएका व्यक्ति र उनीहरूको सम्पर्कमा गएकाको कोरोना भाइरस परीक्षण गर्नुपर्ने उनको माग छ । चिकित्सक र नर्सहरूलाई तत्काल स्वास्थ्य सामाग्री तथा पीपीई उपलब्ध गराउन सरकारसँग सांसद गिरीले माग गरेकी छन् । The post कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न सांसद गिरीको माग appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

कोरोना

 | 

परीक्षण

 | 

प्रयोगशाला

 | 

स्थापना

 | 

सांसद

 | 

गिरीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources