Friday 3 April 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

निम्न वर्गका नागरिकलाई सांसद श्रेष्ठले भने- समस्या परे भन्नुहोला,सहयोग गर्न तयार छु

तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ(किसान)ले तनहुँका निम्न वर्गका नागरिकलाई सहयोग गर्ने भएका छन्। उनले लकडाउनको कारणले बिहान-बेलुकी छाक टार्न मुश्किल भएकाहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। कोभिड-१९ ले विश्व आक्रान्त बनेको छ। यो बेलामा श्रमजीवी वर्गहरूको जीवन कष्टकर बनेको छ, फेसबुकमा उनले लेखेका छन् यो कठिनाइपूर्ण अवस्थामा तनहुँ जिल्लाका निम्न वर्गका नागरिकहरूलाई त्यस्तो कठिनाइ परेको र दैनिक जीवन गुजार्न कठिन भएको भए अभिभावक सम्झेर मलाई भन्नुहोला म सकेको सहयोग गर्न तयार छु। सांसद श्रेष्ठले आफ्नो र आफ्ना स्वकीय सचिवको फोन नम्बर समेत फेसबुकमा राखेका छन्।


Latest News
Hashtags:   

निम्न

 | 

वर्गका

 | 

नागरिकलाई

 | 

सांसद

 | 

श्रेष्ठले

 | 

समस्या

 | 

भन्नुहोला

 | 

सहयोग

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources