Friday 3 April 2020
Home      All news      Contact us      English
setopati - 8 days ago

उपत्यकामा लकडाउन उलंघन गर्ने सवारी घटे

कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउन उलंघन गरी सवारी चलाउने उपत्यकामा घटेका छन्। बिना काम लकडाउन उलंघन गरी सवारी चलाउने आज जम्मा २ सय ३५ सवारीसाधन नियन्त्रणमा लिइएको माहानगरीय टाफिक प्रहरी माहाशाखाले जनाएको छ। यी मध्ये २ सय १२ ओटा २ पाग्रे र २३ ओटा चारपांग्रे रहेका छन्। हिजो १ हजार ६३ ओटा सवारीसाधन कारवाहीमा परेका थिए। हिजो समातिएका सवारीसाधनलाई सम्झाई बुझाई गरेर छोडिएको महाशाखाका प्रवक्ता जिवन कुमार श्रेष्ठले जानकारी दिए। आज समातिएका सवारीसाधनलाई जरिवाना तिराउने कि सम्झाएर छोड्ने तय भइसकेको छैन, उनले भने। त्यस्तै बिना काम घरबाट ननिस्कन उनले आग्रह गरे।


Latest News
Hashtags:   

उपत्यकामा

 | 

लकडाउन

 | 

उलंघन

 | 

गर्ने

 | 

सवारी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources