Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

शुक्रबारदेखि उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण

काठमाडौं । सरकारले उपत्यका बाहिरका अस्पतालमार्फत पनि कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण सुरु गरिदैछ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज–शिक्षण अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा कोभिड–१९ भाइरस परीक्षणको सुरुवात गर्न थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रविधिक टोली समेत पठाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए । देशका सातै प्रदेशमा कोरोना जाँच गर्ने व्यवस्था मिलाउने योजना बनाइए पनि हाल भने तीन स्थानमा मात्र व्यवस्था गरिएको निर्देशक पाण्डेले बताए । शुक्रबारदेखि नै कोरोनाभाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु हुने उनको भनाई छ । The post शुक्रबारदेखि उपत्यकाबाहिर पनि कोरोना भाइरस परीक्षण appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

शुक्रबारदेखि

 | 

उपत्यकाबाहिर

 | 

कोरोना

 | 

भाइरस

 | 

परीक्षण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources