Friday 3 April 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

ब्रह्माण्डकै आज सम्मको सबैभन्दा ठूलो २.४ नीलको राहत जनताका लागि

कोरोना नामक निर्जिव प्रोटिनको कारण अमेरिकामा ६८ हजार ८०२ जना संक्रमित भएर १० हजार ३७ जनाको ज्यान गइरहदा । अर्थ बिष्लेष्कहरुले त्यहाँ ६६ लाख मानिसहरुले रोजगारी गुमाउने बताइ रहेकाछन् । त्यसैलेअमेरिकामा कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेज सिनेटबाट पारित भएको छ । बुधबार यो प्याकेजसहितको विधेयक पारित भएको हो । उपस्थित सबै ९६ सिनेटरहरुले विधेयकको पक्षमा मतदान गरेका थिए । विपक्षमा कुनै पनि मत नपरेकाले यो विधेयक सर्वसम्मतले पारित भएको हो । अब शुक्रबार बिहान ९ बजे यो विधेयक मतदानका लागि हाउसमा लगिने तय भएको छ । यदि हाउसबाट पनि पारित भएमा यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हुनेछ । २ खर्ब अमेरिकी डलरको यो प्याकेजमा प्रत्येक करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ वर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ । वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने व्यक्तिलाई १२ सय डलर प्रदान गरिने छ । अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो राहत प्याकेजमा पर्ने एनपीआर डट ओआरजीले लेखेको छ । The post ब्रह्माण्डकै आज सम्मको सबैभन्दा ठूलो २.४ नीलको राहत जनताका लागि appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

ब्रह्माण्डकै

 | 

सम्मको

 | 

सबैभन्दा

 | 

नीलको

 | 

जनताका

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources