Saturday 30 May 2020
Home      All news      Contact us      English
barnanmedia - 8 days ago

त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि

हेटौंडा-काठमाडौंका त्रिवि शिक्षण अस्पतालकाे मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका– ४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिलामा शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको हो । त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा. सन्तकुमार दासले उपचाररत महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरे । उनले ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारेको जानकारी दिए । मुटु रोगको बिरामी ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रेफर गरेको थियो । ती महिलाको संक्रमण स्रोत भने खुलेको छैन । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा.पुरुषोत्तम सेढाईंले हेटौंडामा ती महिलाको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको बताए । काठमाडौ र हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहेकाको खोजी थालिएको छ । हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठका अनुसार ती महिलामा स्वास प्रश्वासमा समेत समस्या देखिएका कारण काठमाडौं रेफर गरिएको थियो । महिलामा संक्रमण पुष्टि भएपछि आफूहरु पनि क्वारेन्टाइनमा बस्न लागेको डा. श्रेष्ठले जानकारी दिए । The post त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण पुष्टि appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

त्रिवि

 | 

शिक्षण

 | 

अस्पतालमा

 | 

उपचाररत

 | 

महिलामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources