Saturday 30 May 2020
Home      All news      Contact us      English
barnanmedia - 7 days ago

भर्खरै देखियाे ३६ जनामा कोरोना संक्रमण : नेपालमा सं‌क्रमितको संख्या ५८४ पुग्याे

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा धेरै सं‌क्रमित बाँकेको नरैनापुरका रहेका जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् । यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । The post भर्खरै देखियाे ३६ जनामा कोरोना संक्रमण : नेपालमा सं‌क्रमितको संख्या ५८४ पुग्याे appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

भर्खरै

 | 

देखियाे

 | 

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

नेपालमा

 | 

सं‌क्रमितको

 | 

संख्या

 | 

पुग्याे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources