Thursday 4 June 2020
Home      All news      Contact us      English
barnanmedia - 12 days ago

ढिस्कोले पुरिएर एक जनाको मृत्यु

कैलाली । माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । माटोले ढिस्कोले पुरिँदा कैलालीमा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार बिहान घर पोत्न माटो खन्ने क्रममा पुरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । ढिस्कोले पुरिएर अन्य दुई जना पनि घाइते भएका थिए । घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । The post ढिस्कोले पुरिएर एक जनाको मृत्यु appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

ढिस्कोले

 | 

पुरिएर

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources