Saturday 30 May 2020
Home      All news      Contact us      English
barnanmedia - 7 days ago

उद्धार गरिएकी सुत्केरीकाे मृत्यु

संखुवासभा- खाँदबारी नगरपालिका–६ पांठाकी सुत्केरी गंगा कार्कीको मृत्यु भएको छ । शुक्रबार दिउँसो थप उपचारका लागि संखुवासभाबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी कार्कीको उपचारका क्रममा शुक्रबार राति ११ बजे थापाथली मृत्यु भएको हाे । खाँदबारी अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले सुत्केरी कार्कीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि शुक्रबार ४ बजे थापाथली प्रसूति गृहमा लगिएको बताए । प्रसव पीडाले च्यापेपछि कार्की चैत ४ गते जिल्ला अस्पताल खाँदबारी अस्पतालमन सुत्केरी हुन भर्ना गराइएको थियो । तर उनको पेटमा रहेको बच्चा अप्ठ्यारो गरेर बसेको भिडियो एक्सरेबाट थाहा पाएपछि जिल्ला अस्पताल खाँदबारीले नोबेल अस्पताल बिराटनगर रिफर गरेको थियो । सुत्केरी कार्कीको नोबेल अस्पतालमा अप्रेसन गरेर मरेको बच्चा निकालिएको थियो । शुक्रबार मृत्यु हनु भएकी कार्कीको स्वाब परीक्षण रिपोर्ट आएपछि पशुपति आर्यघाट काठमाडौंमै दाहसंस्कार गरिने खाँदबारी अस्पतालका अध्यक्ष शाक्यले जानकारी दिए । The post उद्धार गरिएकी सुत्केरीकाे मृत्यु appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

उद्धार

 | 

गरिएकी

 | 

सुत्केरीकाे

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources