Saturday 30 May 2020
Home      All news      Contact us      English
setopati - 7 days ago

बैतडीको झुलाघाटमा पहिलोपटक बिओपी स्थापना

नेपाल भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए। सीमा निगरानी, राजस्व संकलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ। आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए।


Latest News
Hashtags:   

बैतडीको

 | 

झुलाघाटमा

 | 

पहिलोपटक

 | 

बिओपी

 | 

स्थापना

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources