Thursday 9 July 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । थप ५६ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा एकैदिन ५६ जनामा संक्रमण पुष्टि भएको हाे । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेका छन् । प्रजिअ घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ । संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए । शुक्रबार भेटिएका सबै संक्रमित भारतका विभिन्न सहरबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको उनले बताए । The post रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

रौतहटमा

 | 

मात्रै

 | 

एकैदिन

 | 

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources