Thursday 9 July 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनेबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले भारत लगायतका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई कसरी ल्याउने भन्नेबारे निर्णय गर्ने बताइएको छ। यसअघि हिजो बसेको बैठकले ७ देखि १० दिनभित्र नेपाली ल्याउने तयारी गर्ने योजना बनाएको थियो। समितिले दैनिक रूपमा दैनिक ३ हजारदेखि ३५ सयसम्म नेपाली ल्याउन सकिने निश्कर्ष निकालेको थियो। त्यस्तै, भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो। यसअघि बालुवाटारमै राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बसेको थियो।


Latest News
Hashtags:   

बालुवाटारमा

 | 

मन्त्रिपरिषद्

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources