Thursday 9 July 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

संक्रमितको संख्या १४०१ पुग्याे: आज शनिबार थपिए १८९ जना

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । शनिबार १८९ जना थपिएसँगै देशभर संक्रमितको संख्या १४०१ पुगेको हाे । शनिबार भेटिएका १८९ जना संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटका अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका छन् । जसमा धनुषाका ७ जना, झापाका १ जना पुरुष रहेका छन्। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैभन्दा धेरै कपिलवस्तुका ७७ जना संक्रमित भेटिएका छन् । त्यसैगरी ललितपुरकी एकजना २३ वर्षीया महिला पनि संक्रमित भएकी छन्। त्यसैगरी महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १६ जना र सिरहाका ११ जना संक्रमित भेटिएका छन्। प्रादेशिक प्रयोगशालामा रुपन्देहीमा गरिएको परीक्षणमा २९ जना संक्रमित भेटिएका छन् । जसमा २६ जना कपिलवस्तुको यशोधराका रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ९ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु सबै सप्तरीका रहेका छन्। जसमा ८ पुरुष र एकजना महिला रहेका छन् । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा दाङ गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जहाँ विजयनगर कपिलवस्तुका ३ जना रहेका छन् । त्यस्तै हापुरे दाङका १ जना ३० वर्षीय पुरुष संक्रमित भएका छन्। बगलाचुली दाङका ३ पुरुष र १ महिलामा पनि संक्रमण पुष्टि भएको छ । नारायाणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीनजना संक्रमण पुष्टि भएको छ। त्यहाँ बाराका १ जना पुरुष र पर्सा पर्सौनीका २ जनामा संक्रमण पुष्टि भएको छ । पर्साका एक पुरुष र एक महिला संक्रमित भएका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैजना दैलेखमा रहेको देवकोटाले बताए। कोशी अस्पताल बिराटनगरमा २ जनामा पुष्टि भएको छ। संखुवासभाका दुई पुरुषमा कोरोना देखिएको हो। The post संक्रमितको संख्या १४०१ पुग्याे: आज शनिबार थपिए १८९ जना appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

संक्रमितको

 | 

संख्या

 | 

पुग्याे

 | 

शनिबार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources