Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

ट्राफिक महाशाखाका थप ३ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं । ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।प्रहरी अस्पतालमा पिसिआर जाँच गर्दा थप ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालमा कार्यरत एक डाक्टरले रातोपाटीलाई जानकारी दिए । संक्रमित तीनजना गण नम्बर २ महाराजगञ्जको क्वारेन्टाइनमा थिए । तीनजना प्रहरीसँगै महाशाखामा कार्यरत कोरोना संक्रमित ट्राफिकको संख्या ९ पुगेको छ । तीमध्ये एकजना थापाथलीमा कार्यरत हुन् ।उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक महाशाखा सिल गरिएको छ ।


Latest News
Hashtags:   

ट्राफिक

 | 

महाशाखाका

 | 

प्रहरीमा

 | 

कोरोना

 | 

संक्रमण

 | 

Sources