आप्mनै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका–३२ महकुना बस्दै आएका ५८ वर्षीय बुबा जुमबहादुर कामीको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा रामकृष्ण कामीलाई पक्राउ गरेको हो । घरको झ¥याङबाट खसेर मृत्यु भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकको प्रहरी टोलीको अनुसन्धानका आधारमा फागुन ९ गते राती बाबु छोराबीच विवाद हुँदा छोराले ढोकामा प्रयोग हुने चारपाटे काठको औलो प्रहारबाट उनको मृत्यु भएको खुलेको हो ।निजलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदातलबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Sunday 7 March 2021
nepalnews - 12 days ago
बाबुको हत्या अभियोगमा छोरा पक्राउ


अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई
- imagechannel
नेकपा विवादमा संसद सचिवालयले भन्यो- दलको कानुन त एउटै छ, सहजीकरणको भूमिका मात्रै निभाउन सकिन्छ
- ratopati⁞
