Monday 10 May 2021
Home      All news      Contact us      RSS      English
ratopati - 28 days ago

प्रहरीद्वारा अफिम खेती नष्ट

नलगाड नगरपालिकामा प्रहरीले अफिम खेती नष्ट गरेको छ । नलगाड २ नहकुलीमा चार रोपनी, वडा नं ३ काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे आठ रोपनी, द्वारेमा आठ रोपनी, वडा नं ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा सात रोपनी, किटालेखमा साढे छ रोपनी र गर्छिनामा साढे ११ रोपनीमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले कानूनले प्रतिबन्ध गरेको अफिम खेती नष्ट गर्न प्रहरीले चार दिनको अभियान चलाएको र यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको बताए । nbs


Latest News
Hashtags:   

प्रहरीद्वारा

 | 

Sources