Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 30 days ago

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पद जाेगियाे, एमालेका ४ सांसदले फ्लाेर क्रस गरे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पद जोगिडएको छ । शाहीले आज संसदबाट विश्वासको मत लिएका हुन् । एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक भएपनि मुख्यमन्त्री शाहीले २२ मत पाएका छन् । प्रदेशसभामा उनको दल नेकपा माओवादी केन्द्रका १२ जना मात्र सांसद छन् । त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।


Latest News
Hashtags:   

मुख्यमन्त्री

 | 

महेन्द्रबहादुर

 | 

शाहीकाे

 | 

जाेगियाे

 | 

एमालेका

 | 

सांसदले

 | 

फ्लाेर

 | 

Sources