Sunday 9 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 22 days ago

यी क्षेत्रमा विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । बैठकले कोरोना प्रभावित शहरी क्षेत्रमा विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न यस्तो सिफरिस गरिएको हो । नयाँ भेरियन्ट भेटिएका ठाउँहरुमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए । बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भएको छ । यद्यपी निर्णयका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरिएको छ । अब बढी संक्रमणको जोखिम रहेको क्षेत्रमा कहिलेबाट विद्यालय बन्द गर्ने भन्ने विषयमा मन्त्रिपरिषद् निर्णय गर्ने छ ।


Latest News
Hashtags:   

क्षेत्रमा

 | 

विद्यालय

 | 

सीसीएमसीको

 | 

सिफारिस

 | 

Sources