Sunday 16 May 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 29 days ago

कुशल र आशिफले ताेडे पारस र ज्ञानेन्द्रकाे रेकर्ड

काठमाडौंमा जारी त्रिदेशीय टी—२० क्रिकेटमा नेपालले उद्घाटन खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखको कीर्तिमानी ब्याटिङसँगै सानदार जित दर्ता भएको हो । भुर्तेल र शेखले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि धेरै रनको साझेदारी गर्ने रेकर्ड बनाएका छन । यसअघि यो रेकर्ड पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो । नेपालको ओपनिङको जिम्मेवारी पाएका कुशलले नेदरल्याण्ड्सका बलरविरुद्ध पहिलो बलबाट नै आक्रामक ब्याटिङ गरेका थिए । नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा कुशलले आशिफ शेखसँग एक सय नौ रनको रनको साझेदारी गरेपछि पारस र ज्ञानेन्द्रको रेकर्ड तोडिएको हो ।पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गर्न सफल भए ।


Latest News
Hashtags:   

आशिफले

 | 

ताेडे

 | 

ज्ञानेन्द्रकाे

 | 

रेकर्ड

 | 

Sources